समाज


आधारभूत तालिमपछि दीक्षित भए प्रहरी अधिकृत (तस्बिरहरु)

आधारभूत तालिमपछि दीक्षित भए प्रहरी अधिकृत (तस्बिरहरु)

नेपालखबर
असोज २२, २०८१ मंगलबार १३:३०, रसुवा

गत जेठ २९ गतेबाट संचालित ९५ दिन लामो प्रहरी अधिकृतहरूको आधारभूत तालिम सम्पन्न भएको छ। मंगलबार बिहान प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले तालिमको समापन समारोहमा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरे। 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औँ समूहको दीक्षान्त समारोह सम्पन्न भएको हो। 

तालिममा प्राविधिक प्रहरी निरीक्षक २७ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक १ जना गरी कुल ३९ जना प्रशिक्षार्थीहरूले तालिम सफतलापूर्वक सम्पन्न गरेका छन्। 

तालिममा प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. अरूण जोशी, द्वितीय प्रहरी निरीक्षक डा.संजिब खड्का, तृतीय प्रहरी निरीक्षक डा. बिनिता बस्नेत भएकी छन्।

अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. मृगेन्द्र कुमार सिंह यादव, कवाज एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विजय सुनार, चाँदमारी प्रथम प्रहरी निरीक्षक डा. विशाल थापा र प्रहरी कारबाही तथा युक्ति प्रथम प्राविधिक प्रहरी नायब निरीक्षक आर्किटेक्ट बरूण सहनी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad