समाज


यस्तो छ काठमाडौँबाट कुलेखानी हुँदै हेटौँडा निस्कने सडकको हालत (तस्बिर/भिडिओ)

यस्तो छ काठमाडौँबाट कुलेखानी हुँदै हेटौँडा निस्कने सडकको हालत (तस्बिर/भिडिओ)

जनार्दन पोखरेल
असोज २२, २०८१ मंगलबार १५:५०, काठमाडौँ

संघीय राजधानी काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौँडालाई जोड्ने छोटो दूरीको हेटौँडा-भीमफेदी-कुलेखानी-काठमाडौँ सडकमा सवारी साधनको चाप बढेको छ।

बीपी राजमार्ग र कान्ति लोकपथ बाढी पहिरोको कारण बन्द हुँदा अहिले काठमाडौँ- हेटौँडा जोड्ने छोटा दूरीका दुई राजमार्गमा सवारी साधनको चाप अत्यधिक छ।

यतिबेला हेटौँडा-काठमाडौँ आवतजावत गर्न त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौँडा-भैँसे पालुङ-चन्द्रागिरि सडक र फर्पिङ-कुलेखानी-भीमफेदी-हेटौँडा सडक मात्रै सञ्चालनमा छन्।

भिडिओ

बीपी राजमार्ग अझै अवरुद्ध अवस्थाममा रहेको कारण ओखलढुंगा-खोटाङ-सोलुखुम्बु-भोजपुर जस्ता पूर्वी पहाडी जिल्लामा जाने सबैजसो साना सवारी साधन पनि यतिबेला यिनै दुई सडक भएर गुडिरहेका छन्।

यही असोज १० र ११ गते भएको अविरल वर्षापछिको बाढीपहिरोले हेटौँडा-भीमफेदी-कुलेखानी-काठमाडौँ सडक पनि एक सातासम्म बन्द थियो। पुल बगाएको कुलेखानीमा डाइभर्सन गरेपछि आइतबार साँझबाट यो सडकमा गाडी गुड्न थालेका हुन्।

तर, यो सडकको सयौँ ठाउँमा अझै पहिरो पूर्ण रूपमा हटाइएको छैन। जसको कारण दुईतर्फी सवारी सञ्चालनमा समस्या छ। सवारी साधन घण्टौँ जाममा फस्ने गरेका छन्। सवारी साधनको जाम फर्पिङदेखि कुलेखानीसम्म नै छ।

फाखेल- हुमाने- कुलेखानीसहितका विभिन्न स्थानमा सयौँ अवरोध छ। मुस्किलले एटा गाडी मात्रै गुड्न मिल्ने गरेर पहिरो पन्छाइएको छ। दर्जनौँ ठाउँमा लेदोसहितको दह र खहरे छिचोल्दै यात्रा गर्नुपर्छ। 

कुलेखानीको ड्याममुनि बाढीले बगाएको पुलको ठाउँमा बनाइएको डाइभर्सनमा पनि घण्टौँ सवारी साधन फस्ने गरेका छन्।

तस्बिरमा हेर्नुहोस् सडकको अवस्था

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad