विजयादशमीको टीकाको साइत सुरु भएसँगै टीका जमरा लगाउन सुरु भएको छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ३६ मिनेट जाँदा टीकाको शुभ साइत सुरु भएको हो।
समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ।
दसैँमा मान्यजनको हातबाट टीका ग्रहण गर्ने र आशिर्वाद लिदाँ दुर्गा भवानीले रक्षा गर्ने र सत्यको जित हुने मान्यता रही आएको छ। रासस
27
Shares

प्रतिक्रिया