समाज


सरकारी अस्पतालमा विद्युत महशुल छुट दिलाउन मन्त्री पौडेलको पहल

सरकारी अस्पतालमा विद्युत महशुल छुट दिलाउन मन्त्री पौडेलको पहल

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १६:५८, काठमाडौँ

सरकारी अस्पताललाई विद्युत महशुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयास थालेका छन्। 

नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली, २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महशुल छुटको व्यवस्था लागू गराउन मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गरेका छन्। मन्त्रीको निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमै महशुल भुक्तान गरेर छुट सुविधा लिन मातहतका संस्थाहरूमा पत्राचार गरेको छ। 

यस निर्णयले सरकारी अस्पतालहरूमा ठूलो रकम बचत हुने र त्यसलाई स्वास्थ्य सुविधा व्यवस्थापनमा खर्च गर्नसमेत मन्त्री पौडेलले भनेका छन्। 

समयमै महशुल भुक्तानी नहुँदा एकातिर लाइन काटिनेसम्मको समस्या हुने र जरिवानासमेत उच्च हुने तर २० दिनभित्रै भुक्तानी हुँदा ठूलो रकम बचत हुने भएपछि यो व्यवस्था मिलाउन निर्णय गरिएको मन्त्री पौडेलले बताएका छन्।

मन्त्रालयले यससम्बन्धी सबै स्वास्थ्य संस्थामा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए। यो व्यवस्था पूर्णरूपमा लागू भएमा सरकारी अस्पतालको सेवा विस्तारमा पनि सहयोग पुग्नेछ।

यसैबीच, काठमाडौँको कान्ति बाल अस्पतालले समयमै महशुल तिरेर २० प्रतिशत छुट पाएको छ। यस अस्पतालले वार्षिक ५० लाख रुपैयाँसम्म बचत गर्न सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad