आज बुधबार, २८ कात्तिक २०८१ (१३ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। अरूको इर्ष्या नगर्ने।
वृष : सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ।
भाग्यशाली रङ कालो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४१, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता६० , यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।
मिथुन : रोकिएका काम पुनः सुरु हुन सक्छन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। खर्च बढे पनि आम्दानीभन्दा बढी खर्च हुने छैन। लामो यात्रा सुखद र सफल रहनेछ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ७२, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिव भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
कर्कट : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
भाग्यशाली रङ रातो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५२, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। पहेँलो रङको प्रयोग नगर्ने।
सिंह : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत रहनु होला। बोलीको विपरीत अर्थ लाग्न सक्छ। नयाँ कार्यको योजना बन्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४३ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। भरसक लामो यात्रा नगर्ने।
कन्या : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ। न्यायिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। सामान्य स्वास्थ्य समस्याले भने सताउन सक्छ।
भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मित्रजनको साथ-सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
वृश्चिक : दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५८, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेश भगवान्को स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
धनु : विचार पुर्याएर निर्णय लिनु राम्रो होला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। खानपिन कार्यमा सरिक भइनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ३२ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजी स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
मकर : स्वादिष्ट भोजन मिल्नेछ। अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। राज्यका ठूला व्यक्तिले तपाईँको मेहनतको कदर गर्नेछन्। विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला।
भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोलेनाथको दर्शन गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो नचिताउने।
कुम्भ : कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। काम गर्ने जोस, जाँगर बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५४, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृद्धवृद्धालाई सहयोग गर्ने। हरियो रङको प्रयोग नगर्ने।
मीन : नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। विवेकको प्रयोग गर्न सके आजको दिनलाई सम्झनायोग्य बनाउन सकिनेछ। अधुरा कार्यले गति लिनेछन्।
भाग्यशाली रङ कालो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजी स्मरण गरी कार्य प्रारम्भ गर्ने। आकासे रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया