समाज


दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु

दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु

फाइल तस्बिर: फुलेश्वर मेहता


नेपालखबर
मंसिर ८, २०८१ शनिबार १२:१७, काठमाडौँ

साइबर अपराध आरोपमा हाल प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते व्यक्तिको मृत्यु भएको छ। 

सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश अधिकारीले दिएको जानकारीअनुसार प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीको ठक्करबाट घाइते कोसी गाउँपालिका-३ का फुलेश्वर मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

‘मेहताको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा शुक्रबार मृत्यु भयो’, उनले भने।

प्रहरीका अनुसार प्रसाईं सवार उक्त गाडीले गत कात्तिक २५ गते कोसी गाउँपालिका-३, नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ६० वर्षीय मेहता घाइते भएका थिए। 

दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई तत्काल सप्तकोसी न्युरो अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ १० दिनसम्म उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि यही मंसिर ५ गते नोबेल अस्पताल पठाइएको थियो।

प्रहरीका अनुसार मृतक मेहताका परिवारजनले भने सप्तकोसी न्युरो अस्पतालको लापरबाहीबाट ज्यान गएको आरोप लगाएका छन्।

ठक्कर दिने गाडीका चालक हाल झापा निवासी सन्तोष चौधरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad