समाज


१४ मंसिरको राशिफल: कर्कटको काममा ढिलासुस्ती हुने, सिंहको प्रतिष्ठा बढ्ने, तपाईंको के?

१४ मंसिरको राशिफल: कर्कटको काममा ढिलासुस्ती हुने, सिंहको प्रतिष्ठा बढ्ने, तपाईंको के?

पण्डित नारायणप्रसाद दुलाल
मंसिर १४, २०८१ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, १४ मंसिर २०८१ (२९ नोभेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष: चिताएको कामले तीव्रता लिनेछ। आँटेको र ताकेको कार्यमा ढिलाई भएपनि पूरा होला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम सम्बन्धको कोपिला फक्रिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। 

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने। 

वृष: आँटेको र ताकेको कार्य पूरा होला। रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ। शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ तर स्वास्थ्यप्रति भने सतर्कता अपनाउनु पर्छ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।   

मिथुन: नयाँ कार्यको योजना बन्नेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सेयरबजारको कारोबारमा फाइदा पनि हुनसक्छ तर साँझमा अनावश्यक ठाउँमा धन खर्च होला। खानपान र स्वास्थ्यप्रति सजग रहनु होला।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।   

कर्कट: झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। मन्दिरको दर्शनले मन शान्त रहला। गरेका काममा ढिलासुस्ती हुनेछ। पुरानो रोगले दुख दिन सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला तर साँझमा आर्थिक कारोबारमा सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छल कपट नगर्ने।

सिंह: मान प्रतिष्ठामा वृद्धि होला। जोशजाँगर र हिम्मत बढ्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको। स्वादिष्ट भोजन पाइनेछ तर स्वास्थ्यमा खर्च बढ्न सक्छ। संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

कन्या: नयाँ र शुभ कार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मानसम्मान र पद प्रतिष्ठामा वृद्धि होला। मनोरञ्जनमा सहभागिता भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६६, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।    

तुला: खेल र मनोरञ्जनमा सहभागी भइएला। नयाँ वस्त्र, अलङ्कार प्राप्त हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। राजनैतिक कार्यमा सफलता मिल्ला। मनमा उत्साहका साथै बोली बिक्ने समय तर नियमित खर्चसमेत बढ्ने योग छ सचेत रहनु होला।  

भाग्यशाली रङ आकाशे र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।  

वृश्चिक: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। मनमा दुबिधा उत्पन्न हुने र मानसिक चिन्ता बढ्नेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। व्यक्तिगत स्वास्थ्य र यात्रा गर्दा सतर्क रहनु होला तर आफन्तको साथ र सहयोग मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

धनु: मनमा उत्साहका साथै बोली बिक्ने समय छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ। मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। आफन्तको सहयोग पनि पाइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।  

मकर: अधुरा कामहरू पनि बन्ने छन्। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियता हुने अवसर मिल्नेछ। नयाँ कमको योजनासमेत बन्ने देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।  

कुम्भ: भाग्यले विभिन्न अवसर जुराउने छ। धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ। मित्रसँग भेटघाट हुनेछ। घुमफिरमा आकर्षण बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।    

मीन: भाग्य शक्ति कमजोर भएको अनुभूति हुनेछ। आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ। नियमित खर्चसमेत बढ्ने योग छ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ तर साँझमा सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रिय साथीसँग समय बित्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad