ललितपुरको फुल्चोकी जंगलमा १३ जना हराएका छन्। सोमबार दिउँसो फुलचोकी पुगेका १३ जना हराएको जानकारी आएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवरत्न पौडेलले जानकारी दिए।
उनीहरूको खोजीका लागि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिसकिएको छ।
‘साढे ५ बजेतिर हामीलाई टेलिफोनबाट जानकारी आएको थियो। हामीले बाँडेगाउँबाट इन्सपेक्टरको कमाण्डमा टोली पठाइसकेका छौँ’, एसपी पौडेलले भने।
यसअघि पनि यो जंगलमा घुम्न जानेहरू पटक पटक हराएका थिए। फुल्चोकी काठमाडौँ उपत्यकाकै अग्लो स्थान भएकाले घुमफिर गर्न जाने गरेका छन्।
4.4k
Shares

प्रतिक्रिया