नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा उनको विवादित वक्तव्यको श्रव्यदृश्य सामग्री झिकाउने आदेश भएको छ।
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासले उक्त आदेश गरेको हो।
‘हामी करिब ५० जना कानुन व्यवसायी अध्यक्षज्यूको तर्फबाट बहस गर्न तयार थियौँ,’ बार महासचिव अञ्जिता खनालले नेपालखबरसँग भनिनन्, ‘इजलासले प्रमाणका रूपमा अडिओ-भिडिओ हेर्ने भनेर आदेश गरेको छ।’
सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले उठाएको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरेविरुद्ध असोज १४ गते अदालतको अवहेलना मुद्दामा कारबाही अघि बढाएको थियो।
बार अध्यक्षविरुद्ध दुईपाने प्रतिवेदन– ‘अफिसर अफ द कोर्ट’बाटै भ्रामक प्रचार (पूर्ण पाठ)
प्रधानन्यायाधीशलाई बार अध्यक्षको गम्भीर आरोप– लेनदेनको आधारमा न्यायाधीश नियुक्तिको सिफारिस भयो
न्याय परिषद्ले गत असोज ११ गते सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि अध्यक्ष घिमिरेले लेनदेनका आधारमा यो निर्णय भएको आरोप लगाएका थिए।

Shares

प्रतिक्रिया