हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
यतिबेला (बिहीबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ।
देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले भनेको छ, ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
हेर्नुहोस् अबको ३ दिनको मौसम पूर्वानुमान



216
Shares

प्रतिक्रिया