समाज


काठमाडौँको तापक्रमः अधिकतम बढ्यो, न्यूनतम घट्यो (सूची)

काठमाडौँको तापक्रमः अधिकतम बढ्यो, न्यूनतम घट्यो (सूची)

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
माघ २८, २०८१ सोमबार १९:५२, काठमाडौँ

काठमाडौँ उपत्यकाको तापक्रम आइतबारको तुलनामा सोमबार (आज) अधिकतम बढेको छ भने न्यूनतम घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाले दिएको विवरणअनुसार आज काठमाडौँको अधिकतम तापक्रम २२.२ डिग्री सेल्सियसमा उक्लिएको हो भने न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियसमा ओर्लिएको हो। हिजो आइतबार अधिकतम २०.६ तथा न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस थिए। 

मौसम महाशाखाको सूचीमा आज सबैभन्दा बढी अधिकतम तापक्रम जनकपुरमा २६.७ तथा सबैभन्दा कम अधिकतम तापक्रम मुस्ताङको जोमसोममा ११.८ डिग्री सेल्सियस छन्। 

यस्तै आज सबैभन्दा बढी न्यूनतम तापक्रम झापाको चन्द्रगढी एअरपोर्टमा ११.९ तथा सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३.५ डिग्री सेल्सियस छन्। 

हेर्नुहोस् तापक्रमको सूची-

मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।  

न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो।

मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने बादल लाग्यो भने बढ्छ। अनि यसको ठीक उल्टो दिनमा आकाश सफा रह्यो र घाम लाग्न पायो भने अधिकतम तापक्रम बढ्छ भने बादल लाग्यो भने घट्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad