समाज


हाँडीगाउँ क्षेत्रका यी सडक अब एकतर्फी सञ्चालन

हाँडीगाउँ क्षेत्रका यी सडक अब एकतर्फी सञ्चालन

नेपालखबर
माघ २८, २०८१ सोमबार २१:२०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले वडा नं ५ हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाएको छ।

महानगरपालिका अन्तर्गतको सहरी व्यवस्थापन विभागले सोमबार सूचना प्रकाशित गरी विभिन्न सातवटा सडकलाई एकतर्फी बनाइएको जनाएको छ।

उक्त निर्णय आगामी फागुन ७ गतेबाट लागू हुने महानगरले जनाएको छ।

महानगरपालिकाको भवन व्यवस्था समितिले गत पुस ५ गते सो निर्णय गरेको हो।

यस्तो छ महानगरको निर्णय
१) काठमाडौँ महानगरपालिका वडा नं। ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महा‌ङ्काल मार्ग– हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने।

२) विशालनगर तर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्काल तर्फमात्र प्रवेश गर्न पाउने।

३) हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने।

४) नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने।

५) ढुङ्गेधाराबाट हात्ती महा‌ङ्कालतर्फ प्रवेश निषेध।

६) वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध।

७) बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad