समाज


१५ देशका सुरक्षाकर्मीहरूको संयुक्त अभ्यास सुरु

१५ देशका सुरक्षाकर्मीहरूको संयुक्त अभ्यास सुरु

नेपालखबर
चैत ४, २०८१ सोमबार १९:४२, काठमाडौँ

विपद् व्यवस्थापन सम्बन्धी परिदृश्यमा आधारित रही काठमाडौँमा अभ्यास -मल्टिनेसन प्लानिङ अज्मेन्टेसन टिम टेम्पेस्ट एक्सप्रेस (एमपीएटी टीई ४०) सुरु भएको छ।

विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैर सैनिक तथा अन्य विभिन्न निकायबीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदानबाट भविष्यमा प्रभावकारी रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी उक्त अभ्यास सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।  

आजदेखि सुरु भएको अभ्यास चैत १४ गतेसम्म सञ्चालन हुने छ।

नेपाली सेना तथा यूएस इन्डोपाकोम को संयुक्त आयोजनामा सञ्चालन भएको अभ्यासमा नेपालबाट नेपाली सेनाका २५ सहित अन्य सुरक्षा निकाय, नेपाल सरकार सम्बद्ध सरकारी तथा गैर सरकारी निकायहरूका ५८ जना र विभिन्न १५ देशका ३७ गरी कुल ९५ जनाको सहभागिता रहेको छ।

कार्यक्रममा नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसन, बलाध्यक्ष रथी प्रदीप जङ्ग के.सी., रथीबृन्द, नेपाल सरकार सम्बद्ध विभिन्न सरकारी एवम् गैर सरकारी निकाय तथा विदेशी संघ संस्थाहरूका उच्चस्तरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad