समाज


बार निर्वाचनः श्रेष्ठभन्दा मिश्र ३०३ मतले अगाडि

बार निर्वाचनः श्रेष्ठभन्दा मिश्र ३०३ मतले अगाडि

नेपालखबर
चैत २६, २०८१ मंगलबार ११:८, काठमाडौँ

नेपाल बार एसोसिएसनको नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना दोस्रो दिन पनि जारी छ।

गएराति ८ बजे रोकिएको मतगणना बिहान पुनः सुरू गरिएको छ।

मंगलबार बिहान ८ बजेपछि सुरू भएको मतगणनामा बाग्लुङको नतिजा प्राप्त भएको छ।

प्राप्त नतिजामा सत्ता गठबन्धन निकट अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले मतान्तर अझै बढाएका छन्। 

मिश्रले ७६२ मत ल्याउँदा विपक्षी गठबन्धननिकट उम्मेदवार रमनकुमार श्रेष्ठले ४५९ मत पाएका छन्।

श्रेष्ठभन्दा मिश्र ३०३ मतले अगाडि छन्।

महासचिवमा मिश्र प्यानलकै उम्मेदवार केदार कोइरालाले ७६८ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले ३९४ मत पाएका छन्।

बारको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान भएको थियो।

हेर्नुहोस्, कसको कति मत?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad