सम्पूर्ण खोला मापदण्ड खारेजीको माग गर्दै भूमि अधिकार संरक्षण समितिले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।
बिहीबार काठमाडौँको माइतीघर मण्डलामा भूमि अधिकार संरक्षण समितिको आह्वानमा उपस्थित भई विरोध प्रदर्शन गरिएको हो।
उनीहरूले जनतालाई उठिवास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, झीगु भूमि झीगु अधिकार, जनताको सम्पत्तिको हक कायम गर, आइएसओ १६९ लागू गर जस्ता प्लेकार्ड बोकेर र नारा लगाएर विरोध प्रदर्शन गरेका हुन्।
विरोध कार्यक्रममा बोल्दै धोबिखोला करिडोर प्रभावित मुल समितिका अध्यक्ष ऋषिराम बस्यालले नदी किनारको २० मिटर क्षेत्र छोड्नुपर्ने फैसला सर्वोच्च अदालतले मनगढन्ते रुपमा गरेको आरोप लगाएका हुन्।
उनले यो समस्या काठमाडौँ उपत्यकामा मात्रै देखिए पनि नेपालभर लागू भए करोडौँ जनता विस्थापित हुने बताए। मापदण्डको नाममा सरकारले आतंक मच्चाएको आरोप लगाए।
Shares

प्रतिक्रिया