समाज


ललितपुरमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु, चालक पक्राउ

ललितपुरमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु, चालक पक्राउ

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १४:१२, काठमाडौँ

ललितपुरमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ। 

महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा बागमती प्रदेश- ०१-००३ क ८७३० नम्बरको ट्यांकरले ठक्कर दिँदा बालकको मृत्यु भएको हो। 

दुर्घटनामा सोही ठाउँका राजन संज्यालका २ वर्षीय छोरा प्रजन संज्यालको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad