श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिन माग गरेको छ।
आइतबार जानकी मन्दिर जनकपुरधामका महन्त रामरोशन दास वैष्णवसहितको टोलीले प्रमुख जिल्ला अधिकारीको कार्यालय धनुषामा ज्ञापनपत्र बझुाउँदै जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग गरेको हो।
महन्त वेष्णवले विश्व सम्पदाको सूचीमा रहेको जनकपुरधाममा सीताको जन्मोत्सव मनाइने भएकाले विश्व स्तरमा अलग पहिचान भएको बताए। उनले विश्व समुदायमा नेपालको पहिचान गराउने पर्व सीताको जन्मोत्सव भएको उल्ले गे।
‘हामीहरु नेपाल सरकारलाई यहाँको जिल्ला प्रशासन कार्यालय धनुषामा गएर एउटा ज्ञापन पत्र चढाएर प्रधानमन्त्रीज्यूलाई, गृहमन्त्रीज्युलाई, विदेशमन्त्रीज्युलाई, पर्यटन तथा संस्कृति मन्त्रीज्युलाई संघीय सरकारमा ज्ञापनपत्रमार्फत निवेदन चढाउँछौँ,’ उनले भने, ‘र जनकपुरधामबासी जति पनि हाम्रो सनातनीलगायतलाई के आग्रह गर्दछु भने हाम्रो देशलाई परिचित गराउने विश्व सम्पदाको पर्व सीताको जन्मस्थल जनकपुरधामबाट यो पर्व मनाउँदै आएको हुनाले यो राष्ट्रिय पर्वमा स्थापित हुनलाई तपाईं हामी सम्पूर्ण मिलेर जोडदार माग गर्दै राष्ट्रिय पर्व होस् र त्यो दिन संघीय सरकारमा बिदा होस्।’
Shares

प्रतिक्रिया