आन्दोलनरत शिक्षकले २७ औं दिनमा पनि आफ्नो आन्दोलन जारी राखेका छन्। सामेबार पनि उनीहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन्।
शिक्षकहरुको आइतबारको प्रदर्शन भने हिंसात्मक बनेको थियो। प्रदर्शनमा प्रहरी दमन समेत भएको थियो। शिक्षक महासंघले प्रहरी दमनका कारण ६२ जना शिक्षक घाइते भएको बताएको थियो।
त्यस्तै प्रदर्शनमा प्राइम टेलिभिजनकी प्रत्रकार सविना कार्की पनि घाइते भएकी थिइन्। आज भने शिक्षकहरुको प्रदर्शन तुलनात्मकरुपमा शान्त देखिएको छ।










210
Shares

प्रतिक्रिया