समाज


विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको म्याद १० दिन थप

विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको म्याद १० दिन थप

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १८:२७, काठमाडौँ

विद्यालय शिक्षा विधेयकका माग सम्बोधनका लागि गठित संसदीय उपसमितिको म्याद १० दिन थपिएको छ। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उपसमितिको म्याद १० दिन थप गरेको हो।

उपसमितिलाई यसअघि ३५ दिनको समय दिइएको थियो। ३५ दिनमा सहमति जुट्न नसकेपछि थप १० दिन उपसमितिको समय थपिएको हो। समितिको बैठकमा उपसमितिका संयोजक छविलाल विश्वकर्माले १० दिनको समय माग गरेका थिए, जसलाई समितिले स्वीकृत गरेको हो। 

सभापति अम्मरबहादुर थापाले भने, ‘विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिलाई १० दिनको म्याद थप सम्बन्धी प्रस्तावलाई समितिले स्वीकृति गरेको जानकारी गराउँछु। हामीले ३५ दिनको समय दिएर उपसमितिले रातदिन खटेर काम गरेको छ। उपसमितिले एकदम गम्भीरतापूर्वक छलफल गरेको छ। धेरै बुँदाहरु सहमतिका लागि बाहिर जानुपर्छ होला भन्ने लागिरहेको थियो, अरुको सहमति खोज्नुपर्छ होला भन्ने लागेको थियो, यहीँबाटै यो प्रस्तावलाई हामी अघि बढाइरहेका छौँ। एकदम सहज तरिकाले कुनै विवादरहित तरिकाले अघि बढ्यौँ।’

सभापति थापाले विद्यालय शिक्षा विधेयकलाई अझ समृद्ध बनाउने गरी अघि बढ्न जरुरी रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad