पानी नपर्दा विगत केही दिनदेखि देशैभरिको तापक्रम बढ्दै गएको छ। तापक्रम बढ्दै जाँदा गर्मीले विशेषगरि तराई मधेसको जनजीवन कष्टकर बनेको छ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहे पनि अपेक्षाकृत पानी पर्न सकेको छैन।
आज तराईसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा पनि गर्मी अझ बढ्ने अनुमान
मौसम पूर्वानुमान महाशाखाले आज मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागसहित देशका पहाडी भूभागका पनि धेरै स्थानमा अधिकतम तापक्रम बढ्ने सम्भावना रहेको जनाएको छ।
आज सबैभन्दा बढी तापक्रम दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा मापन हुने अनुमान महाशाखाको छ। ती ठाउँमा तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने अनुमान छ। हिजो पनि तराई मधेसका धेरै ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो।
बढ्दै गएको गर्मीले मानव स्वास्थ्यमा समस्या पनि ल्याउन सक्छ। गर्मीबाट जजोगिने उपाय के छ त? यस्तो छ वरिष्ठ मौसमविद् मीनकुमार अर्यालको सुझाव
भिडिओ
Shares

प्रतिक्रिया