सुर्खेतको गुर्भाकोट नगरपालिका भेरी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार बेपत्ता हुनेमा गुर्भाकोट नगरपालिका–१३ बस्ने प्रेमबहादुर राना रहेका छन्।
उनिसँगै तीन दाजु भाइ बिहीबार बेलुका करिब ८ बजे घुमखहरेस्थित भेरी नदीमा माछा मार्न गएका थिए।
एकै घरका तीन दाजु भाइमध्ये ४१ वर्षीय राना भेरी नदीमा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक पदम खत्रीले जानकारी दिए।
उनका अनुसार गोताखोर, मेहेलकुना र बोटेचौरका प्रहरी टोलीले उनको खोजी कार्यजारी राखेपछि अहिलेसम्म भेटिएका छैनन्।
57
Shares

प्रतिक्रिया