यार्सा टिप्न जुम्लाको सुब्बाकुना पाटन पुगेकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ। तातोपानी गाउँपालिका-८ निवासी अन्दाजी २७ वर्षीया कल्पना सिंह (शाही)को चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले यार्सा गुम्बा टिप्न तातोपानी गाउँपालिका-८ मा पर्ने पतिउडको सुब्बाकुना पाटनमा पुगेको समयमा चट्याङ लागेर उनको मृत्यु भएको बताए।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा सिंहको मृत्यु भएको हो। उनि यार्सा टिप्नका लागि तीन दिनअघि मात्रै पाटन पुगेकी थिइन्। त्यहाँ पाटन पुग्न गाउँबाट करिब ८/९ घण्टाको समयमा लाग्ने गर्दछ। उनीसँगै अन्य ६ जना आफन्तहरू पनि यार्सा टिप्न पाटन पुगेका थिए।
387
Shares

प्रतिक्रिया