जेठ ११ गते लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका-६ खरखरे मालेबगरस्थित मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ। सप्तरीको शम्भुनाथ नगरपालिका १२ का २४ वर्षीय नन्दकिशोर चौधरीको शव आज सशस्त्र प्रहरीको टोलीले फेला आज पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
आश्रित गुल्म लमजुङबाट सशस्त्र प्रहरी नायव उपरिक्षक दिपक पुरीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले नदीको बीच भागमा शव फेला पारेको हो।
नदीको बहाव धेरै भएको हुनाले जिल्ला प्रशासन कार्यालय लमजुङ र जलविद्युत कम्पनीसँग आवश्यक समन्वय गरी शव बाहिर निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ।
147
Shares

प्रतिक्रिया