समाज


बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा सर्वोच्चले दियो अग्राधिकार, पेसी भने मंसिरमा

बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा सर्वोच्चले दियो अग्राधिकार, पेसी भने मंसिरमा

नेपालखबर
जेठ २१, २०८२ बुधबार १६:२७, काठमाडौँ

सबै अंग पुगिसकेकाले पूर्ण सुनुवाइका लागि पेस गर्न भन्दै इजलासले अग्राधिकार दिएको एक सार्वजनिक महत्त्वको रिटमा सर्वोच्च अदालत प्रशासनले ६ महिनापछि पेसी तोकेको छ।

आगामी मंसिर १ गतेलाई पेसी तोकिएको निवेदक अधिवक्ता इन्दिरा धमलाले नेपालखबरलाई जानकारी दिइन्। 

न्यायाधीशद्वय बालकृष्ण ढकाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गत सोमबार दिएको आदेशमा निवेदकले उठाएका संवैधानिक एवं कानुनी प्रश्नहरूको निराकरण अन्तिम सुनुवाइ हुँदा हुने प्रकृतिको देखिएको उल्लेख छ। 

‘साथै सबै प्रत्यर्थीहरूको लिखित जवाफ समेत परिसकेको प्रस्तुत निवेदनमा चाँडो निर्णय गर्नुपर्ने अवस्था समेत देखिँदा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ अनुसार अग्राधिकार प्रदान गरी नियमानुसार पेस गर्नू’, आदेशमा भनिएको छ।

ओझालाई सरकारले गत फागुन १२ गते बिमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको थियो। 

उनको योग्यतामा प्रश्न उठाउँदै नियुक्ति बदरको जिकिरसहित अधिवक्ता धमलाले चैत १७ गते रिट दायर गरेकी थिइन्।

त्यसमा सुनुवाइ गर्दै यही जेठ ५ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad