समाज


नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणमा सहभागी टोलीलाई जंगी अड्डामा सम्मान

नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणमा सहभागी टोलीलाई जंगी अड्डामा सम्मान

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार २०:३१, काठमाडौँ

नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण–२०२५ अन्तर्गत हिमाल आरोहणमा सहभागी सैनिकलाई जंगी अड्डामा सम्मान गरिएको छ।

नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जाका १० जना र केन्द्र एवं वेस क्याम्पबाट समन्वय गर्ने ५ जना गरी १५ जनालाई प्रधान सेनापति अशोक राज सिग्देलले आज आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति प्रशंसा निसानद्वारा सम्मान गरेका हुन्।

संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण टोली मध्ये नेपाली सेनाका १० र भारतीय सेनाका ५ गरी जम्मा १५ जनाले मिति २०८२ ज्येष्ठ ०५ र ०६ गते कञ्चनजङ्घा हिमालको सफलतापूर्वक आरोहण गरेको थिए। उक्त अभियानको मिति २०८१ चैत्र २१ गते मित्रराष्ट्र भारतको नयाँ दिल्लीमा भारतीय रक्षा मन्त्रीको उपस्थितीमा ‘फ्ल्याग अफ सेरेमोनी’ सम्पन्न भएको थियो।

यस्तै, जेठ १९ गते जंगी अड्डामा रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा ‘फ्ल्याग अफ सेरेमोनी’ सम्पन्न भएको थियो।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad