समाज


भारतमा रोकिएन कोरोना उपचारमा खटेका डाक्टरमाथिको दुर्व्यवहार

भारतमा रोकिएन कोरोना उपचारमा खटेका डाक्टरमाथिको दुर्व्यवहार

नेपालखबर
चैत २५, २०७६ मंगलबार ९:३०,

कोरोनाको उपचारमा खटेका डाक्टर तथा नर्सबाट कोरोनाको संक्रमण फैलने त्रासपछि समुदायका मानिसहरु उनीहरुसँग डराएका छन्।

सोहीकारण घरबेटी, छिमेकीहरुले डाक्टर तथा नर्सलाई शंकाको दृष्टीले हेर्ने गरेका छन्। घरबेटीले बारम्बार डाक्टर तथा नर्सलाई घर छाडेर जान चेतावनी दिइरहेका छन्।

सरकारले गतहप्ता घरबेटी र समुदयाका मानिसलाई डाक्टर तथा नर्समाथि दुर्व्यवहार भए कारबाही गर्ने चेतावनी दिएको थियो।

तर सरकारको चेतावनी बाबजुद दुर्व्यवहारको घटना नघटेको भारतीय चिकित्सकहरुको गुनासो रहेको छ।

गतहप्ता मध्यप्रदेशमा एक कोरोनाको आशंका गरिएका व्यक्तिलाई उपचार गर्ने डाक्टरमाथि ढुंगा प्रहार भएको थियो।

गुजरातमा डाक्टरलाई छिमेकी र समुदायका मानिसले घृणाको दृष्टीले हेर्ने गरेको पनि बताइएको छ। भारतका प्रहरीले चिकित्सकमाथि दुर्व्यवहार गर्नेमाथि तत्काल कारबाही प्रक्रिया सुरुवात गर्ने बताएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad