समाज


बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध

दाउन्ने उकालोको हिलाम्मे सडकमा सवारी साधन फस्दा यात्रुको बिचल्ली
बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध

नेपालखबर
असार ३, २०८२ मंगलबार ९:१२, काठमाडौँ

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्वमा मंगलबार बिहानैदेखि सवारी साधन अवरुद्ध भएका छन्। 

पूर्वपश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा बनाइएको वैकल्पिक बाटो (डाइभर्सन) गएरातिको बाढीले बगाउँदा मंगलबार बिहान चार बजेदेखि नै त्यस क्षेत्रमा सवारी आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिए,। 

‘गएरातिदेखि भइरहेको वर्षाले विनयी खोलामा ठूलो बाढी आएको छ,’ डीएसपी नेपालले नेपालखबरसँग भने, ‘अहिले पनि बाढी डाइभर्सनमाथिबाट बगिरहेको छ। बाढी ठूलै भएकाले त्यहाँबाट तत्कालै गाडी चल्न सक्ने अवस्था छैन।’

बाढीको कारण विनयी खोलाको वारिपारी मालबाहक सवारी र ठूला बस रोकिएका छन्। साना गाडीलाई भने होङ्सी सिमेन्ट कारखानको मार्ग, सर्दीहुँदै दुम्किबास बजार निस्किने व्यवस्था मिलाइएको उनले बताए। 

तर त्यसरी गएका सवारी साधन पनि नवलपरासी पश्चिममा पर्ने दुम्किबास दाउन्नेको उकालोको हिलाम्मे सडकमा फसिरहेका डीएसपी नेपालको भनाई छ।  

दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सन्चालनमा लामो समयदेखि नै समस्या हुँदै आएको छ। हिलो र चिप्लो सडकमा गाडी चलाउन समस्या भएपछि दुम्किबास क्षेत्रमा अहिले सयौँ सवारी साधन रोकिएका छन्। 

नवलपरासी पूर्वमा पर्ने चोरमारा पुल गत वैशाख २९ गते भाँचिएपछि त्यस क्षेत्रमा  गाडी सञ्चालनमा समस्या हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad