समाज


मोटरसाइकलमा काठमाडौँ आउँदै गरेका २ सैनिक जवानलाई गाडीले ठक्कर दियो, चालक पक्राउ

मोटरसाइकलमा काठमाडौँ आउँदै गरेका २ सैनिक जवानलाई गाडीले ठक्कर दियो, चालक पक्राउ

नेपालखबर
असार ७, २०८२ शनिबार २१:१६, काठमाडौँ

बीपी राजमार्गमा पर्ने काभ्रेको पनौती नगरपालिका -५ सुन्दरबस्तीमा शनिबार साँझ  गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार नेपाली सेनाका दुईजना सिपाही घाइते भएका छन्।

काभ्रेबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३-०२-०१० प २३१० नम्बरको मोटरसाइकलाई विपरित दिशाबाट आउँदै गरेको बा.प्र.०३-००१ ज ४४१ नम्बरको गाडीले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक महोत्तरी बर्दिबास नगरपालिका- ५ बस्ने नेपाली सेनाको बर्दिबास फिल्ड अस्पतालामा कार्यरत सिपाही श्यामकुमार थिङ र मोटरसाइकलको पछाडि सवार काठमाडौँ घर भई सर्लाहीस्थित नेपाली सेनाको कालिध्वज गणमा कार्यरत २४ वर्षीया सरस्वती तामाङ घाइते भएका छन्।

घाइतेमध्ये सरस्वतीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ। 

दुर्घटनापछि गाडी चालक सिन्धुली कमलामाई नगरपालिका- ५ बस्ने ३१ वर्षीय निमबहादुर मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad