समाज


ग्यास बुलेट र ट्रक ठोकिँदा २ जना घाइते

ग्यास बुलेट र ट्रक ठोकिँदा २ जना घाइते

नेपालखबर
असार १३, २०८२ शुक्रबार ११:३५, काठमाडौँ

पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा ग्यास बुलेट र ट्रक आपसमा ठोकिँदा दुई जना घाइते भएका छन्। 

घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय  प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादज रहेका प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालयलय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय  एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरित दिशावाट जाँदै गरेको बा.प्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक आपसमा ठाेक्किएका हुन्। 

सहचालक प्रजाको चितवन मेडीकल कलेज र यादवको पुरानो मेडीकल कलेजमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad