नेपाल नर्सिङ परिषद्ले लिएको लाईसेन्स परीक्षामा १९.४२ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
परिषद्ले प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेकाहरुको असार १७ र १८ लिएको परीक्षामा १९ प्रतिशत उत्तीर्ण भएका हुन्।
परीक्षामा ९११ जना सहभागि भएका थिए। जसका १७७ जना मात्रै उत्तीर्ण भएका हुन्। यो ८०.५७ प्रतिशत हो।
यो नतिजा पछिल्लो वर्षमा परिषद्ले लिएको सबैभन्दा कम उत्तीर्ण भएको प्रतिशत हो। यसअघि परिषद्ले लिएको परीक्षामा सबैभन्दा कम उत्तीर्ण हुने पीसीएल तर्फ ३३ औँ लाइसेन्स परीक्षामा २६ प्रतिशत उत्तीर्ण भएका थिए।
परिषद्ले यसअघि पीसीएल तथा विएस्सी विशेषज्ञ (स्पेशलिष्ट) नर्सको लाइसेन्स परीक्षा बर्षको तीन पटक लिने जनाएका छ। विशेषज्ञ नर्सको लाइसेन्स परीक्षा असारमा मात्रै छुट्टै लिने गर्दथ्यो।
636
Shares

प्रतिक्रिया