समाज


देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द (तस्बिरहरू)

देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द (तस्बिरहरू)

फाइल तस्बिर


नेपालखबर
असार २३, २०८२ सोमबार ९:२१, काठमाडौँ

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। 

उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन्। 

नेपाल चिकित्सक संघको आह्ववानमा आज चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन्। चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन्। 

नेपाल चिकित्सक संघका महासचिव डा.सन्जिव तिवारीलाई अदालतको अवहेलना गरेको भन्दै पाटन उच्च अदालतले सातदिन भित्र अदालतमा उपस्थित हुन भनेपछि चिकित्सकहरुले आन्दोलन सुरु गरेका हुन्।

नेपाल चिकित्सक संघकाे आह्वानमा भएकाे याे आन्दाेलनमा नाैवटा स्वास्थ्य संस्थाले एक्यवद्धता जनाएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad