गएराति काठमाडौँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले दिएको जानकारी अनुसार लु.प्र ०२००१ ख ००४५ नम्बरको बस आज बिहान ३ बजेर ५५ मिनेट जाँदा दुर्घटनामा परेको हो।
‘घाइतेमध्ये तीन जनको अवस्था गम्भीर छ,’ डीएसपी अधिकारीले नेपालखबरसँग भने, ‘गम्भीर घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरेर थप उपचारको लागि बुटवल पठाएका छौँ।’
बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको उनले बताए।
पूर्वपश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ९ बेलनदीमा बस दुर्घटनामा परेको हो।
‘बस अनियन्त्रित भएर सडकको दायाँतर्फ पल्टिएको छ,’ डीएसपी अधिकारीले भने, ‘दुर्घटनापछि चालक भागेका थिए। भर्खरै हाम्रो सम्पर्कमा आएका छन्। थप अनुसन्धन हुँदैछ।’
बसमा सवार ३१ जना सबैलाई धेरथोर चोट लागेको उनले बताए।
Shares

प्रतिक्रिया