समाज


निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको निधनप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको निधनप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

इला शर्माको फाइल तस्बिर


नेपालखबर
असार २९, २०८२ आइतबार ८:५६, काठमाडौँ

निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको निधनप्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले गहिरो दु:ख व्यक्त गरेकी छन्। 

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री देउवाले नेपाली पत्रकारिता र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय असल साथी गुमाउनुपर्दा ठूलो पीडा भएको उल्लेख गरेकी छन्। 

आइतबार बिहान सामाजिक सञ्जालमा मन्त्री देउवाले लेखेकी छन्, ‘निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको असामयिक निधनको खबरले अत्यन्तै मर्माहत भएकी छु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दछु। साथै यस दुःखद समयमा सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। नेपाली पत्रकारिता र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय एक असल साथी गुमाउनुपर्दा मलाई अत्यन्तै पीडाबोध भएको छ।’

‘कार्डियाक अरेस्ट’का कारण शनिबार साँझ नर्भिक अस्पतालमा निर्वाचन आयोगका पूर्वआयुक्त शर्माको निधन भएको हो।

उनी २०६९ फागुनदेखि २०७५ फागुनसम्म निर्वाचन आयुक्त थिइन्।

२०२३ कात्तिकमा जन्मिएकी शर्माको बाल्यकाल भने भारतकाे बनारसमा बितेकाे थियाे। 

उनको दाहसंस्कार आज गरिनेछ। उनका दुई छोरी छन्। 

शर्मा पूर्वपत्रकार पनि थिइन्।

२०४५ सालमा दि राइजिङ नेपालको उपसम्पादक बनेकी उनले १३ वर्ष पत्रकारिता गरेकी थिइन्। 

शर्माका श्रीमान् नवराज पौडेल प्रहरी हुँदा माओवादी युद्धकालमा मारिएका थिए।

फुड फर्स्ट इन्फर्मेसन एक्सन नेटवर्क (एफआईएएन) नेपालको संस्थापक उपाध्यक्ष शर्माले साउथ एसियन वुमन इन मिडिया (एसएडब्लूएम) को कार्यकारी समितिमा रहेर पनि काम गरेकी थिइन्। 

त्यस्तै शर्माले सिटिजन्स बैंक र नबिल बैंकको सञ्चालककको रूपमा समेत काम गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad