नेपाल प्रहरीले सामाजिक सञ्जालमा आधिकारिक स्रोत नखुलेको, आफैँलाई जानकारी नभएको सामग्री पोस्ट नगर्न आग्रह गरेको छ। प्रहरीले सामाजिक सञ्जालका विभिन्न माध्यममा एक जना पुरुषले महिलालाई पोखरीमा चोपल्दै यातना दिइरहेको सार्वजनिक भिडिओ भारतको भएको भन्दै यस्ता सामग्री सेयर नगर्न भनेको हो।
'आफैँलाई केही पनि जानकारी नभएको र केबल आफ्नो एकाउन्ट वा पेजमा लाइक र भ्युज बढाउने उद्देश्यका साथ सत्य तथ्य नबुझी जथाभावी सम्पेषण नगर्न हुन समेत सम्पूर्ण अनुरोध गर्दछौँ' प्रहरीले भनेको छ।

567
Shares

प्रतिक्रिया