समाज


संक्रमित महिलासँग एउटै बसमा कैलाली पुगेका १६ जनालाई क्वारेन्टिनमै फर्काइँदै

संक्रमित महिलासँग एउटै बसमा कैलाली पुगेका १६ जनालाई क्वारेन्टिनमै फर्काइँदै

नेपालखबर
बैशाख १, २०७७ सोमबार ६:३५,

कैलालीको लम्की–चुहाकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण देखिएपछि उनीसँगै कैलाली गएका अरु १६ जनालाई पनि क्वारेन्टिनमा फर्काइने भएको छ।

वीरगन्जबाट ती महिलासँगै अन्य १६ जना सहितको समूह एउटै बसमा कैलाली पुगेका थिए।

त्यो बसमा वीरगन्जबाट ३५ जना चढे पनि लम्की–चुहामा भने १७ जना झरेको कैलालीका प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए।

अरु व्यक्तिहरु पश्चिमका विभिन्न ठाउँका रहेको प्रहरीको भनाई छ। उनीहरुलाई पनि आफ्नै ठाउँको क्वारेन्टिनमा राख्ने गरी वीरगन्जबाट बसमा पठाइएको थियो।

Lamki Chuha College1लम्की-चुहा क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी

लम्किचुहामा झरेका १७ जनालाई भने १८ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो। तर र्‍यापिड टेष्टमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई चैत २८ गते क्वारेन्टिनबाट छाडिएको थियो।

संक्रमण भएकी महिलाको परिवारका अन्य तीन सदस्य पनि त्यही बसमा लम्किचुहा पुगेका थिए।

अहिले १६ जनालाई नै क्वारेन्टिनमा फर्काउनका लागि प्रहरी परिचालन गरिएको एसपी गिरीले बताए।

सबैको रेकर्ड प्रहरीसँग भएकाले बिहानै उनीहरुलाई क्वारेन्टिनमा बोलाइएको एसपी गिरीले बताए। संक्रमित महिलालाई भने सेती प्रादेशिक अस्पताल लगिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ।

याे पनि: 
कैलालीकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad