झापाको भद्रपुर नगरपालिका-५ स्थित भीत्री सडक खण्डमा प्रहरीको नियन्त्रणमा लिने क्रममा भाग्ने प्रयास गर्ने भारतीय नागरिकलाई प्रहरीले गोली प्रहार गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति भारतको किशनगन्ज जिल्ला, कोल्लिकोट थानाका ३६ वर्षीय महमद इस्लाम हुन्। उनी शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका बेला नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्दै भाग्ने प्रयास गरेका थिए।
उनलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड गोली प्रहार गरेकोमा एक गोली उनको बाँया खुट्टाको घुँडाभन्दा मुनि लागेको छ। घटनास्थलमा गरिएको तलासीमा उनको साथबाट करिब १२० ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।
घाइते इस्लामलाई तत्काल उपचारका लागि प्रदेशीय अस्पताल भद्रपुरमा भर्ना गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया