आज मङ्गलबार, १३ साउन २०८२ (२९ जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिएला। सामाजिक कामबाट सफलता पाइनेछ। युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
वृष: चलाखीपनले कार्यसिद्ध हुनेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वाहन लाभ हुने समय छ। वैदेशिक कार्य कमजोर रहला। झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।
भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६६, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निलो रङको प्रयोग नगर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: आयव्यय बराबरी रहनेछ। यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्याउनुपर्ने देखिन्छ। स्वास्थ्यप्रति सजग रहनु होला।
भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
कर्कट: रोकिएका काम सुरु हुनेछन्। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ८०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
सिंह: समस्या आइलागे पनि समस्याको हल समेत निस्कनेछ। मित्रहरूबाट सहयोग जुट्नेछ। साथीको सहयोग र हौसला मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। कुनै कारणवश रोकिएको कामले गति लिन सक्छ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भोकालाई भोजन दिने।
कन्या: परोपकारी कार्यमा संलग्न भइनेछ। शुभकार्यको चर्चा चल्नेछ। शुभ समाचार सुन्न पाइएला। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सेयर बजारले राम्रै साथ दिनेछ। राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुने सम्भावना छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
तुला: घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ला। बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। साँझमा कुनै समाचारले मन खुसी रहला।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ६१, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
वृश्चिक: भाग्यले विभिन्न अवसर जुराउनेछ। बहुप्रतीक्षित काममा सफलता हात पर्न सक्छ। महिला वर्गबाट विशेष सहयोग मिल्ला। कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन्।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले छलकपट नगर्ने। खैरो रङको प्रयोग नगर्ने।
धनु: घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्ध गाँसिन सक्छ। दानपुण्यका कार्यमा सहभागी भइनेछ। सेयर बजारबाट राम्रै लाभ हुनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर: गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताको सिँढीहरू चढ्न सकिनेछ। सेयर कारोबारबाट फाइदा हुनुका साथै छोटो र रमाइलो भेटघाट हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ: सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। अनावश्यक धन खर्च हुनेछ। मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। आँटेको काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा केही सफलता हात लाग्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
मीन: बोलीवचन, भाषण आदिमा प्रशंसा मिल्नेछ। नयाँ र शुभ कार्यको योजना बन्नेछ। सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। घरबाट निस्कँदा दही खाने।
Shares

प्रतिक्रिया