जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन १६, शुक्रबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ।
बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।
जिल्लाका दृष्टिले आज बझाङ, अछाम, सुर्खेत, दैलेख, जाजरकोट र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ।
यसैगरी आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, रसुवा, चितवन, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, लमजुङ, रोल्पा, रुकुमपश्चिम, जुम्ला, मुगु, डोल्पा, दार्चुला, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।
उल्लिखित २८ जिल्लालाई पहेँलो रङमा राख्दै बाढी महाशाखाले बाढीको जोखिम देखिएका क्षेत्रका बासिन्दालाई सजगता अपनाउन सुझाव दिएको छ।
हेर्नुहोस्, बाढी महाशाखाको बुलेटिन:


Shares

प्रतिक्रिया