आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–५ (हाल काठमाडौँ नयाँबानेश्वर) का २४ वर्षीय सुरेश नाथ रहेका छन्।
उनले क्यानडा पठाइदिने भन्दै दुई जनाबाट १७ लाख एक हजार रुपैयाँ लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोपछि उनीविरुद्ध पीडितहरूले प्रहरी गुहारेका थिए।
सुरेशलाई नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
66
Shares

प्रतिक्रिया