समाज


मोटरसाइकलमा सवार २ युवक ३ दिनदेखि बेपत्ता थिए, भिरबाट खसेको अवस्था भेटियो शव

मोटरसाइकलमा सवार २ युवक ३ दिनदेखि बेपत्ता थिए, भिरबाट खसेको अवस्था भेटियो शव

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १२:५, रसुवा

रसुवाको गोसाइकुण्ड गाउँपालिका-६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना हुँदा बेपत्ता भएका दुईजना युवकको शव फेला परेको छ। 

एउटा शव रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। अर्को शव पनि सोही खोलामा देखेको भनेर स्थानीयले प्रहरीलाई जानकारी गराएका छन्। 

यही १५ गते रसुवाको गोसाइकुण्ड गाउँपालिका-६ ठाडे निवासी २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ बेपत्ता भएका थिए।

उनीहरु एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएपछि बेपत्ता थिए। उनीहरु सम्पर्कमा नआएपछि आफन्तले खोजी कार्यको लागि आजै बिहान जिल्ला प्रहरी कार्यालय रसुवामा निवेदन दिएका थिए।
    

निवेदन प्राप्त भएपछि नेपाली सेना श्रीनाथ गण धुन्चेस्थित चेकप्वाइन्टमा जडान भएको सीसीटीभी फुटेजमा सोही दिनको राति करिब १० बजेको समयमा धुन्चेबाट ठाडेतर्फ मोटरसाईकलमा गएको देखिएको थियो।
    
सोही आधारमा उनीहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोहवीर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बल सहितको संयुक्त टोली भाद्र १७ गते विहान परिचालन भएको डीएसपी थापाले बताए।

घटना स्थलको प्रकृति हेर्दा मोटरसाइकल सडक बाट करिब २ सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको जस्तो देखिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad