न्याय परिषद्ले कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दुई जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्न सरकारलाई परामर्श दिएको छ।
मंगलबार बसेको न्याय परिषद् बैठकले रुपन्देही ३ र मनाङ प्रदेश सभा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोक्न परामर्श दिने निर्णय गरेको हो।
रुपन्देहीका लागि रुपन्देही जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतलाई र मनाङका लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको नाम सिफारिस गरिएको न्याय परिषद्का सूचना अधिकारी सुमन पाण्डेले जानकारी दिए।
1.8k
Shares

प्रतिक्रिया