समाज


आमाको मृत्यु पछि भारतीय क्वारेन्टिनबाट आएका बाशुदेवको आरडीटी रिपोर्ट नेगेटिभ

आमाको मृत्यु पछि भारतीय क्वारेन्टिनबाट आएका बाशुदेवको आरडीटी रिपोर्ट नेगेटिभ

गोकुल जोशी
बैशाख ७, २०७७ आइतबार १०:५१,

आमाको मृत्यु पछि धार्चुला क्वारेन्टिनबाट आइतवार दार्चुला पुगेका बाशुदेव भट्टको कोरोना भाइरस (कोभिड–१९) को आरडीटी रिपोर्ट नेगेटिभ आएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार शैल्यशिखर नगरपालिका–१ जुगौडाका बाशुदेव भट्टको रिपोर्ट नेगेटिभ आएको हो। भारतीय क्वारेन्टिनमा रहेका भट्टलाई आमाको मृत्यु भएको ६ दिन पछि आइतबार नेपाल प्रवेश गराइएको थियो। जिल्ला अस्पतालमा परीक्षण गरिएको कोरोना भाइरसको आरडीटी रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

‘आरडीटी रिपोर्ट नेगेटिभ आए पछि आज नै एम्बुलेन्समा घर पठाएका छौँ, उनी घर गएर किरिया बस्छन् ’प्रमुख जिल्ला अधिकारी पौडेलले भने।

दार्चुला सदरमुकामदेखि भट्टको घर तीन घण्टाको कच्ची बाटो हिँडेपछि पुगिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad