समाज


सिभिल अस्पतालमा घाइतेको चाप बढेपछि स्वास्थ्य मन्त्रालयले पठायो थप ४ जना चिकित्सक

सिभिल अस्पतालमा घाइतेको चाप बढेपछि स्वास्थ्य मन्त्रालयले पठायो थप ४ जना चिकित्सक

नेपालखबर
भदौ २३, २०८२ सोमबार १९:४७, काठमाडौँ

काठमाडौंको नयाँ बानेश्वरस्थित निजामति सेवा अस्पताल (सिभिल) मा जेनजी प्रदर्शनका घाइतेहरूको चाप बढेपछि थप ४ जना चिकित्सक पठाइएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पतालबाट ४ जना चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीलाई सिभिल अस्पतालको इमर्जेन्सीमा खटाएको हो।

सोमबार जेनजीले गरेको आन्दोलनका क्रममा घाइते भएका मध्ये एक सयभन्दा बढीको सिभिल अस्पतालमा उपचार भइरहेको छ। 

सिभिलमा घाइतेको चाप थेगिनसक्नु भएपछि राजधानीका अन्य अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ।

जेनजी प्रदर्शनका क्रममा इटहरीमा दुई जनासहित २० जनाको ज्यान गएको छ भने २६० जनाभन्दा बढी घाइते छन्। 

उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad