समाज


बिहान पढाइ सकेर प्रदर्शनमा मिसिएका थिए श्रेयम चौलागाईँ, घर पुग्नै पाएनन्

बिहान पढाइ सकेर प्रदर्शनमा मिसिएका थिए श्रेयम चौलागाईँ, घर पुग्नै पाएनन्

आयुषा ढकाल
भदौ २३, २०८२ सोमबार २०:५, काठमाडौँ

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत श्रेयम चौलागाईँ अन्य दिनजसरी कलेजबाट घर पुग्न पाएनन्।

मध्य बानेश्वरस्थित कलेजमा बिहानी कक्षाको पढाइ सकेर ११ बजे घर फर्कनको लागि निस्किएका थिए। उनी कलेज ड्रेसमा नै माइतीघरदेखि सुरु भएको जेनजी प्रदर्शनमा सामेल भए।

काठमाडौँको पेप्सीकोलामा बस्ने श्रेयमले जेन्जीको प्रदर्शनका क्रममै ज्यान गुमाए।

उनी ग्लोबल कलेज अफ म्यानेजमेन्टमा व्यवस्थापनतर्फ कक्षा १२ पढ्दै थिए।

प्रदर्शनका क्रममा गोली लागिसकेपछि उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। चौलागाईँको मृत्यु करिब २-३ बजेतिर भएको जानकारी अस्पतालले दिएको कलेजका प्रध्यानाध्यापक अम्बादत्त जोशीले नेपालखबरसँग बताए।

कलेजमा दिउँसो अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई अभिभावकको जिम्मा लगाएर कलेज बसमा पठाएको जोशीको भनाइ छ।

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागी काठमाडौँमा १८ र सुनसरीको इटहरीमा २ जनाको ज्यान गएको छ। अढाई सयभन्दा बढी घाइते छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad