जनसेवा प्रहरी बृत्त धर्मपथको नेवा सांस्कृतिक भवनमा सरेको छ। काठमाडौँ महानगरपालिकाले सोमबार निर्णय गर्दै प्रहरीलाई तत्काल बस्नका लागि यो भवन उपलब्ध गराएको हो।
तत्काललाई अत्यावश्यक सामाग्रीका लागि पनि विभिन्न वडा कार्यालयहरुले सहयोग गर्ने भएका छन्। प्रहरी बृत्त अन्तरगत पर्ने वडाहरुले सहयोग उपलब्ध गराउने प्रहरीलाई बचन दिएका छन्।
जहाँ जहाँ प्रहरीलाई बस्ने व्यवस्था हुने छैन, त्यहाँ प्रहरी तत्काल नबस्ने भएको छ। प्रहरी नभए अपराध र असुरक्षा बढ्ने भएपछि स्थानीय आफैँ प्रहरीका लागि आवश्यक सामाग्री जुटाउन लागि परेका छन्। यसअघिका भवन पुनर्निर्माणका लागि पनि स्थानीय खटिएका छन्।
काठमाडौँमा प्रहरी बृत्त मालिगाउँबाहेक सबै प्रहरी बृत्त, प्रभाग, बिटहरु जलाएका छन्। प्रहरीका बन्दोबस्तीका सामान र हातहतियार पनि आन्दोलनकारीले खोसेका छन्। प्रहरी पोषाक समेत नहुँदा सादा पोसाकमै डीयूटीमा खटिन थालेको छ।
Shares

प्रतिक्रिया