पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खुलेको छ।
यसअघि मंगलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार पहिरो पन्छाएपछि बिहान ९ः१० बजेदेखि सडकमा गाडी चलेका हुन्।
बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो।
यसका लागि तीनवटा एक्साभेटर प्रयोग गरिएको थियो।
पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
27
Shares

प्रतिक्रिया