आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२। यस वर्ष पनि विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अहिले सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम सुरु भएको छ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो।
मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो।
विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा।रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए।
संविधान दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया