समाज


देउवा र खड्काको घरमा भेटिएको भनिएको जलेका नोटमाथि अनुसन्धान सुरु

देउवा र खड्काको घरमा भेटिएको भनिएको जलेका नोटमाथि अनुसन्धान सुरु

नेपालखबर
असोज ६, २०८२ सोमबार ७:०, काठमाडौँ

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको घरमा भेटिएको भनिएको जलेका नोटको अनुसन्धान अघि बढाएको छ। 

जेनजी आन्दोलनको क्रममा गएको भदौ २४ गते देउवा र खड्काको घरमा आगजनी हुँदा ठूलो मात्रामा भण्डारण गरेर राखिएको रकम जलेको भन्दै विभिन्न भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। 

आइतबार विभागको टोलीले देउवा र खड्काको जलेको घरमा पुगेर जलेका नोटका केही टुक्रा र खरानी संकलन गरेको छ।

देउवा र खड्काको घरमा जलेको अवस्थामा भेटिएको भनिएको नेपाली र विदेशी मुद्राको भिडियो र फोटोको फरेन्सिक जाँच गरेर घटनाको अनुसन्धान अघि बढाइएको अधिकारीहरुले बताएका छन्। 

दुवै घर जलेको तेस्रो दिनपछि मात्रै प्रहरीले उनीहरुको घरमा बाहिरका मानिसलाई प्रवेश रोक लगाएको थियो। घटना भएको १३ दिनपछि मात्रै विभागले अनुसन्धान अघि बढाएको हो। 

विभागले नमुनाका रूपमा लिएको खरानी र टुक्रा सक्कली नोट भएको पुष्टि भएमा उनीहरू सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिने बताइएको छ।

तर, देउवाको सचिवालयले भने निवासमा जलेको नोट भेटिएको भनेर गरिएको प्रचार मिथ्या भएको दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad