समाज


तुइन खोलामा फेरि खस्यो पहिरो, मुग्लिन-नारायणगढ सडक पनि अवरुद्ध

तुइन खोलामा फेरि खस्यो पहिरो, मुग्लिन-नारायणगढ सडक पनि अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०८२ मंगलबार ८:५०, काठमाडौँ

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध भएको छ। 

तीन दिन लगाएर हटाएको पहिरो खसेकै ठाउँमा आज बिहान फेरि पहिरो झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

पहिरो खस्दा पृथ्वी राजमार्ग पनि गएरातिदेखि नै अवरुद्ध छ। धादिङ बेनिघाट रोराङ गाउँपालिका-१० स्थित ज्वाङखोला र तिङराङखानीको बिचमा पर्ने मलेखु-मुग्लिन सडक खण्डको जवाङखोला सडकमा ठूलो पहिरो खसेको कारण गएराति सवा १० बजेदेखि नै सवारी दुईतर्फी नै अवरुद्ध भएका हुन्। 

तुइन खोलामा खसेको पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। 

सडकमा सवारी चालकले सवारी साधन अव्यवस्थित तबरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको भन्दै कार्यालयले लेन अनुशासनको पालना गर्न पनि चालकहरूलाई अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad