प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो परिस्थितिबारे पूर्वप्रधानसेनापतिहरूसँग छलफल गरेका छन्।
पछिल्लो समय देखिएको घटनाक्रम र समसामयिक परिस्थितिको सम्बन्धमा पूर्वप्रधानसेनापतिहरूसँग सिग्देलले छलफल गरेका हुन्।
जङ्गी अड्डामा भएको छलफलमा अहिलेको परिस्थितिको विश्लेषण गर्दै यस्तो अवस्थामा नेपाली सेनाको भूमिकाका बारेमा सिग्लेले पूर्वप्रमुखहरूसँग राय लिएका छन्।
यसैगरी बिहीबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरू पनि जंगी अड्डामा जुटेका छन्। पृतनापतिहरूसँग पनि भर्चुअल रुपमा पृतनापति समन्वयात्मक बैठक सञ्चालन भएको छ ।
उक्त बैठकमा विभागीय प्रमुख लगायत पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
प्रधान सेनापति सिग्देल र बलाध्यक्ष रथी प्रदीप जङ्ग केसीले समापन मन्तव्य राखेका छन्।
नेपाली सेनाको वार्षिक कार्य तालिका अनुसार वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ। केही समयदेखि पृतनापतिहरूको जिम्मेवारी हेरफेर भएको थियो। त्यसपछि पहिलो पटक पृतनापति बैठक बसेको हो।
Shares

प्रतिक्रिया